सुर्नया र पुर्चौडीमा कांग्रेसको सुरुवाती अग्रता

 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । ४७० मत गणना भइसक्दा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गरेका छन् ।

maya metro hospital

एमालेका अम्मर कुवँरले ६८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार मञ्जु बोहराले १५७ मत प्राप्त गरेकी छन् । राप्रपाका देव बहादुर चन्दले ९७ र माओवादी केन्द्रका दिलाराम भट्टले ७५ मत प्राप्त गरेका छन् । सुर्नयाको वडा नं। १ मा नेकपा एमाले विजयी भइसकेको छ ।

attariya hospital

यसैगरी बैतडीको पुर्चौडी नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । ५ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर बमले १८७ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका उम्मेदवार कर्ण कुवँरले १२७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका मिना धानुकले १८० मत, एमालेकी जानकी सावँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दा कुमारी साहले १३३ मत प्राप्त गरेकी छिन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.