गेटामा संकलन गरिदै गोदावरीका मतपेटिका (फोटोफिचर)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडाबाट मतपेटिका संकलन गरिदैछ । गोदावरी नगरपालिका – ५ गेटामा रहेको वडा कार्यालयमा मटपेटिका संकलन गरिन लागिएको हो । गोदावरी नगरपालिकाको मतगणना वडा नम्बर ५ को वडा कार्यालय गर्ने सर्वदलिय निर्णय गरिएको थियो ।

मतपेटिका वडामा खटिएका मतदान अधिकृतहरुले बस, ट्याक्टर, टिप्पर, जीपमा राखेर मतगणना स्थलमा ल्याउदैछन ।
नगरको निर्वाचन कार्यालयका अनुसार अहिले सम्म १, २, ३, ४ र ५ वडामा मतपेटिका पुगिसकेका छन भने अन्य वडाका मतपेटिका आउने क्रम जारी रहेको जनाइएको छ ।

अहिले वडा कार्यालयमा मतपेटिका सकलन भइरहदा भिडभाड समेत बढेको छ । मतगणना कतिबेलादेखि सुरु गर्ने भन्ने विषयमा भने सर्वदलिय बैठक बसेर टुङ्गो लगाइने जनाइएको छ ।

सम्बन्धित समाचार : गोदावरीमा मतदान सकियो, मतपेटिका संकलन गरिदैं

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.