को बन्ला गोदावरीको मेयर, यस्तो भन्छन गोकर्ण र बिरेन्द्र (भिडियो)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका बिरेन्द्र भट्ट र नेकपा एमालेका गोकर्ण भट्टलाई हेरिएको छ । यसअघिको चुनावमा दुवै जना पराजित भएर दोस्रो र तेस्रो स्थान हासिल गरेका भएपनि यस पटकको चुनावमा भने दुबै बिच मेयरका लागि कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

maya metro hospital

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवारी भट्टले गोदावरी नगरपालिका – ३ मा रहेको नवज्योती आधारभूत विद्यालयमा मतदान गरेका थिए भने नेकपा एमालेबाट मेयरका उम्मेदवार भट्टले गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी माविबाट मतदान गरेका छन ।

आ– आफ्ना मतदान स्थलमा मतदान गरेका उनीहरुले शुक्रबार दिनभरी बिभिन्न मतदान स्थलको अवलोकन समेत गरेका छन । मतदान स्थलको अवलोकनकै क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं एमालेबाट मेयरका उम्मेदवार भट्टले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन ।

attariya hospital

‘हाम्रो विजयको सुनिश्चित छ । हामी मतगणनाको पर्खाइमा छौ’ उनले भने ‘मतदानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । नेकपा एमालेको विजय सुनिश्चित छ ।’

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भट्टले पनि आफू मतदान केन्द्रको अवलोकनका क्रममा निकै उत्साहित रहेको बताए । उनले भने ‘सबैठाउँबाट राम्रो प्रतिक्रिया पाएको छु । मलाई खुसी लागेको छ ।’

यस्तो थियो २०७४ को नतिजा

२०७४ को स्थानीय चुनावमा गोदावरी नगरमा नेकपा एमालेबाट हरी सिह साउँद ९ हजार ८७० मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका बिरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याउँदा नेकपा माओवादीबाट गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएका थिए । अहिले गोकर्ण भट्ट पनि नेकपा एमालेमै रहेका छन । उनी एमालेबाट मेयर पदमा उम्मेदवार हुन भने कांग्रेसबाट बिरेन्द्र भट्ट मेयरका उम्मेदवार छन ।

अघिल्लो चुनाव जितेको एमालेमा गोकर्ण भट्ट सहितका पुर्व माओवादी मिसिदा एमालेबाट नेकपा एकीकृत समाजवादी टुक्रिएको छ । अर्कोतिर कांग्रेसलाई नेकपा माओवादी र एकीकृत समाजवादीको साथ रहेको छ । २०७४ को राजनीतिक समिकरण फेरिएकाले यस पटकको चुनामा कस्ले बाजी मार्ला त्यसका लागि भने केही समय कुर्नु पर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस : गोदावरीमा मतदान सकियो, मतपेटिका संकलन गरिदैं

२८७ जना चुनावी प्रतिस्प्रर्धामा

गोदावरी नगरपालिकामा ६२ पदका लागि २८७ जना चुनावी मैदानमा छन । गोदावरी नगरपालिकाको १ मेयर, १ उपमेयर, १२ वडाअध्यक्ष र ४८ जना वडा सदस्य गरी ६२ पदका लागि २८७ जनाले चुनाव लड्दै छन । गोदावरी निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा ९ र उपमेयरमा ५ जनाको मनोनय दर्ता भएको छ । त्यस्तै १२ वटा वडा अध्यक्षका लागि ६३ जना उम्मेदवार रहेका छन ।

जनअनुसार वडा नम्बर १ बाट ६, वडा नम्बर २ बाट ५, वडा नम्बर ३ बाट ५, वडा नम्बर ४ बाट ६, वडा नम्बर ५ बाट ६ र वडा नम्बर ६ बाट ४ जना वडा अधयक्षका उम्मेदवार छन । त्यस्तै वडा नम्बर ७ बाट ४ जना, वडा नम्बर ८ बाट ५ जना, वडा नम्बर ९ बाट ८ जना, वडा नम्बर १० बाट ४ जना, वडा नम्बर ११ बाट ४ जना र वडा नम्बर १२ बाट ६ जना उम्मेदवारी रहेका छन ।

१२ वटै वडामा ४८ वडा सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा छन । प्रत्येक वडामा २ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य निर्वाचित हुने छन ।

जसअनुसार वडा नम्बर १ बाट सदस्यका लागि १९ जना, वडा नम्बर २ बाट १८ जना, वडा नम्बर ३ बाट १७ जना, वडा नम्बर ४ बाट १९ जना, वडा नम्बर ५ बाट २१ जना र वडा नम्बर ६ बाट १५ जनाले वडा सदस्यमा उम्मेदवार रहेका छन । त्यस्तै वडा नम्बर ७ बाट १४ जना, वडा नम्बर ८ बाट २२ जना, वडा नम्बर ९ बाट २० जना, वडा नम्बर १० बाट ११ जना, वडा नम्बर ११ बाट १३ जना र वडा नम्बर १२ बाट २१ जनाले उम्मेदवार छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.