गोदावरीमा मतदान सकियो, मतपेटिका संकलन गरिदैं

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा मतदान सकिएको छ । गोदावरी नगरपालिकाका निर्बाचन अधिकृत राजेन्द्र भन्डारीले अहिले मतपेटिका संकलन गर्ने काम जारी रहेको बताएका छन ।

maya metro hospital

उनले कति मत खस्यो भन्ने बारेमा भने विवरण संकलन भइरहेको बताए । गोदावरीमा ५५ हजार ४९३ मतदाता रहेका छन ।

निर्बाचन अधिकृत भन्डारीले सबै वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको बताए । गोदावरीमका १२ वटा वडाका २४ मतदान स्थलका ६७ मतदान केन्द्र तोकिएका थिए । गोदावरी नगरपालिकाको मतगणना वडा नम्बर ५ को वडा कार्यालय गेटामा हुने छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.