कञ्चनपुरमा घरको छतबाट खसेर एक युवकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । घरको छतबट खसेर अन्दाजी २६ वर्षका विवेक धामीको मृत्यु भएको हो ।

Karma Consultancy

गएराति ९ बजे घरको छतबाट खसेर सख्त घाईते भएका धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

citizen security services

मृतक धामी पिताम्बर स्वास्थ्य चौकीका ल्याब टेक्निसियन पदमा कार्यरत रहेका थिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.