गोदावरीका मतदाता भन्छन ‘भोट हाल्न त्यती गाह्रो भएन’ (भिडियो)

अत्तरिया – स्थानीय तहको निर्वाचन अन्तरगत आज देशैभरी मतदान भइरहेको छ । छिटफुट बाहक देशभरी अहिले शान्तिपुर्ण तरिकालले मतदान संचालन भइरहेको छ । मतदान गर्न मतदान केन्द्रमा मानिसहरुको भिडभाड भएपनि भोट हाल्न त्यति धेरै समस्या नभएको कैलालीको गोदावरीका मतदाताहरुले बताएका छन ।

maya metro hospital

गोदावरी नगरपालिका – १ मा मतदान गर्न आएकी ८६ बर्षीय नारु भट्टले मतदान गर्न त्यती समस्या नभएको बताईन् । यद्दपी उनले सहयोगी मार्फत मतदान गरेकी थिइन् ।

गोदावरी – ३ मा मतदान गरेर फकिएकी रुपा देवी पार्कीले लाईनमा धेरै समय उभिनु परेपछि मतदान गर्न भने ५ मिनेट मात्रै समय लागेको बताईन् । उनले पहिलोचोटी मतदान गरेको भएपनि मतदान गर्न खासै समस्या नभएको बताइन् ।

attariya hospital

सम्बन्धित समाचार

यसरी हुँदैछ गोदावरीमा मतदान (फोटोफिचर)

गोदावरीको मेयरका उम्मेदवार भट्टद्धयले गरे मतदात

गोदावरीमा मतदाताको उत्साहजनका सहभागिता

स्थानीय शान्ती ताम्राकारले पनि लाइनमा धेरै समय लागे पनि पालो आएपछि धेरै समय नलागेको बताईन् । ‘पहिले देखि भोट हाल्ने गरेकी थिए’ उनले भने ‘भोट हाल्दा फाटाफट नै भयो । पहिलेदेखि भोट हालेर बानी परेको बिर्सेको थिइन ।’

मतदाता चक्र कडाराले मतदान गर्न मतदान स्थलमा आएको १ घण्टामा सबै काम सकिएको बताए । ‘मतपत्र पाएपछि मत खसाल्दा सम्म ५ मिनेट लाग्यो’ उनले भने ‘मैले मतदान गर्नु भन्दा पहिले नै मतदान गर्ने तरिकाको बारेमा सिकेको थिए ।’

गोदावरीका मतदान केन्द्रहरुमा पुरुष, महिला, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि छुट्टाछुटै लाइनको व्यवस्था गरिएको थियो । गोदावरीका १२ वटा वडाका २४ मतदान स्थलमा ६७ मतदान केन्द्र रहेका छन ।

भिडियो

सम्बन्धित समाचार

यसरी हुँदैछ गोदावरीमा मतदान (फोटोफिचर)

गोदावरीको मेयरका उम्मेदवार भट्टद्धयले गरे मतदात

गोदावरीमा मतदाताको उत्साहजनका सहभागिता

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.