बाजुरामा झडप, बझाङमा मतपत्र च्यातियो, प्रहरीले गर्‍यो हवाइ फायर

अत्तरिया – सुदूरपश्चिममा शान्तिपुर्ण तरिकाले मतदान भइरहेको भएपनि बाजुरा र बझाङका केही स्थानमा विवाद भएको छ ।
बाजुरामा मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको हो ।

maya metro hospital

प्रत्यक्षदर्शी चेतराज रेग्मीका अनुसचार दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीमा क्षति पुगेको छ। दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको छ ।

दुवै पक्षबीच समझदारी गरी मतदान पुनः सुरु गर्न प्रयास भइरहेको जनाइएको छ ।

attariya hospital

यस्तै बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

बझाङकै केदारसिंह गाउँपालिका–४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए ।

अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई फायर भएको छ, मतदान रोकिएको छ’ पंगेनीले भने ।

सर्वदलीय बैठक बसेर स्थिति सामान्य बनाएर निर्वाचन पुनः गराउने विषयमा अहिले छलफल भइरहेको उनले बताए

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.