गोदावरीको वडा नम्बर १० र ११ मा नयाँ मतदाता परिचयपत्र पुगेन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर १० र ११ मा मतदाता परिचय पत्र पुगेको छैन । बुधबारबाट नगरका अन्य सबै वडाहरुमा मतदाता परिचय पत्र पुगाएर वितरण भइरहेको भएपनि दुवै वडामा भने प्राबिधिक त्रुटीका कारण नयाँ मतदाताको परिचय पत्र नपुगेको हो ।

maya metro hospital

नयाँ मतदाता परिचय पत्र नपुगेपछि स्थानीय आक्रोशित भएपनि कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भने बिहिबार मतदाता नामावली पठाइने बताए । उनले प्राबिधिक त्रुटीबस केन्द्रबाट नै मतपत्र आउन छुटेको बताए ।

‘नयाँ मतदाताले मतदाता नामावलीमा नाम भएमा नागरिकता लगेर पनि मतदान गर्न पाइहाल्नु हुन्छ’ उनले भने ‘जिल्लामा मतदाता नामावली रहेको छ । त्यो हामी भोली सम्म काटेर पठाइदिन्छौ ।’ उनले परिचय पत्र भने पछि उपलब्ध हुने बताए ।

attariya hospital

उनले नामावलीमा नाम भएपछि नागरिकताका आधारमा भोट हाल्न पाइने भएकाले आत्तिन आवश्यक नरहेको बताए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.