गोदावरीमा गठबन्धन एक ढिक्का

अत्तरिया – कैलालीको गोदावरीको मेयरका लागि चुनावी मैदानमा होमिएका बिरेन्द्र भट्ट गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन । केन्द्रमा स्थानीय तह चुनावमा ५ दलिय गठबन्धन भए पनि कैलालीमा ३ दल बिच मात्रै चुनावी गठबन्धन भएको छ । जस अन्तरगत गोदावरी नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ ।

maya metro hospital

तर, ढिला गरि गठबन्धनको टुङ्गो लाग्दा उक्त निर्णयप्रति नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले असन्तुष्टि जनाउँदै बैसाख १२ गते छुट्टै उम्मेदवार उठाएका थिए ।

माओवादीले मेयर उपमेयरमा उम्मेदवार उठाएको थियो भने एकीकृत समाजवादीका गोदावरी नगर अध्यक्ष टेक विकले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

attariya hospital

हाल माओवादी आफ्नो उम्मेदवारीबाट पछि हटेको छ भने स्वतन्त्र उम्मेदवारी दिएका विक पनि पार्टीको कारवाहीमा परेका छन ।

उम्मेदवारीबाट पछि हटेपनि माओवादीका नेताहरु भने सुरुमा गठबन्धनका उम्मेदवारको पक्षमा खुलेर प्रचार प्रसार गर्न हिडेका थिएनन् । तर, चुनाव नजिकिदै जाँदा भने मेयरका उम्मेदवार भट्ट र उपमेयरका उम्मेदवार रत्ना कडायतले माओवादीका नेताहरुको खुलेर साथ पाउन थालेका छन ।

माओवादीका गोदावरी नगर इन्चार्ज धर्म सिह कुँवरले आफूहरुले वडा तह सम्म गठबन्धन गरौ भन्दा केही विवाद देखिएको भएपनि मेयर उपमेयरमा भने आफ्नो समर्थन गठबन्धनमै भएको बताए ।

‘उम्मेदवारी दिने दिन सम्म पनि हामीले वडा तह सम्मै गठबन्धन गर्ने प्रयास गरेका थियौ । तर, वडामा हाम्रो प्रयास सफल हुन सकेन’ उनले भने ‘जसका कारण केही नेता कार्यकर्ता असन्तुष्ट भएपनि पार्टीको सर्कुलर अनुसार माओवादीले गोदावरीको मेयर उपमेयरमा गठबन्धनलाई साथ दिन्छ ।’

माओवादीका नेता संगै घरदैलो

यसअघि मेयर उपमेयरको चुनावी प्रचार र घरदैलो कार्यक्रममा माओवादीका नेता कार्यकर्ता नदेखिदा बिभिन्न अटकल काटिन थालिएका थिए । तर, मंगलबार अत्तरिया बजारमा भएको घरदैलो अभियानमा भने माओवादीका प्रदेश सदस्य मेघराज भट्ट, उद्घब भट्टराई सहितका नेता कार्यकता संगै देखिएका छन ।

२०७४ सालको चुनावमा गोदावरीमा तेस्रो भएको माओवादीले भट्टलाई खुलेर साथ दिएपछि कांग्रेस वृत्तमा थप उत्साह थपिएको छ ।
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजयी भएपनि हाल एमालेको पुरानो समिकरण फेरबदल भएको छ ।

एमालेले हाल २०७४ सालमा माओवादीबाट चुनाव लडेका गोकर्ण भट्टलाई उम्मेदवार बनाएको छ भने २०७४ सालमा उपमेयरमा एमालेबाट विजयी बनेकी रत्ना कडायत एकीकृत समाजवादीबाट गठबन्धनको उपमेयरकी उम्मेदवार बनेकी छिन । अहिले एमालेमा माओवादी मिसिएको भएपनि एमालेबाटै समाजवादी छुट्टिएको छ ।

कांग्रेसमा भने यस पटकको चुनावमा एक ढिक्का भएको दावी गरिएको छ । अघिल्लो चुनावमा कांग्रेस दुई धुव्रमा विभाजन भएका कारण हार व्यहोरेको बताउँदै आएकोमा यस पटकको चुनावमा भने सबै नेता एक ठाउँमा उभिएका छन ।

कांग्रेसले गठबन्धनमा चुनाव लडिरहेकाले माओवादी र समाजवादीको पनि साथ भएकाले जित्ने निश्चित भएको दाबी गर्दै आएको छ । उता एमालले पनि आफ्नो संगठन २०७४ सालको तुलनामा झन बलियो भएको दाबी गर्दै आएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.