विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

एजेन्सी – विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा थप २१ लाख १६ हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड २६ लाख ६ हजार पुगेको हो।

maya metro hospital

पछिल्लोपटक जर्मनीमा २ लाख १२ हजार, ब्राजिलमा १ लाख ७१ हजार ४००, रुसमा १ लाख ६५ हजार, अमेरिकामा १ लाख ४२ हजार ९००, टर्कीमा १ लाख ११ हजार, इटलीमा १ लाख १ हजार ८, भारतमा ६९ हजार ४०० जना संक्रमित भएका छन्।

सोही अवधिमा १० हजार ९०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकाका २ हजार २००‚ भारतमा १ हजार २०० र ब्राजिलमा १ हजार १०० जना रहेका छन्।

attariya hospital

रुसमा ६००, इटलीमा ३००, स्पेनमा ३०० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ लाख ८० हजार पुगेको छ। हाल विश्वभर ७ करोड ४१ लाख ८७ हजार ७०० सकृय संक्रमित छन्।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.