सुदूरपश्चिममा १३ लाखले लगाए कोरोना खोपको दोस्रो मात्रा

धनगढी – सुदूरपश्चिममा २७ लाख बढी जनसंख्यामध्ये शनिबारसम्म १२ लाख ९० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको दुई मात्रा खोप पाएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो मात्रा मात्र लगाउनेको संख्या १७ लाख थियो ।

maya metro hospital

जोखिम तथा संक्रमण दरका तुलनामा खोपको प्राथमिकता भने यस प्रदेशमा सुस्त देखिएको छ । भारतसँग सीमा जोडिएकाले संक्रमणको जोखिम अन्यत्रभन्दा उच्च रहेको यस प्रदेशमा अहिले पनि संक्रमण दर दैनिक ५० प्रतिशत हाराहारीमा छ । अहिले पनि कतिपयले खोप उपलब्ध हुने भए पनि खोप लगाउन बेवास्ता गरिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन ।

joshi vada pasal 2
raunak fals and silling

निर्देशनालयका अनुसार पछिल्लो समयमा करिब डेढ लाखले बुस्टर डोजको मात्रा पनि लगाएका छन् । प्रदेशका सात जिल्लामा १२ देखि १८ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइएको भए पनि कैलाली र डडेलधुरामा उक्त उमेर समूहका बालबालिकाले खोप पाएका थिएनन् । चार दिनयता यी दुई जिल्लामा तीन दिनअघिदेखि सो उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी छ ।

शनिबारसम्मको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा १२ लाख ९० हजार ५ सय २० जनाले दुवै मात्र खोप लगाएका छन् । निर्देशनालयका अनुसार पहिलो मात्रा मात्र लगाउनेका संख्या १६ लाख ९९ हजार ४ सय १८ छ । कुल २७ लाख जनसंख्यामध्ये प्रदेश सरकारले २० लाखलाई कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचीमा राखेको निर्देशालयका तथ्यांक सहायक डीएन गिरीले बताए ।

यस प्रदेशमा हालसम्म कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाउनेको संख्या सबैभन्दा धेरै कैलालीमा छ । कैलालीमा दुवै मात्रा खोप लगाउनेको संख्या ३ लाख ७४ हजार ५ सय ५ छ । यस जिल्लामा पहिलो मात्रा मात्र लगाउनेको संख्या भने ५ लाख ५४ हजार ७ सय १७ छ । कैलालीपछि धेरै खोप लगाउनेको संख्या कञ्चनपुरमा छ । कञ्चनपुरमा शनिबारसम्म दुवै मात्रा खोप लगाउनेको संख्या ३ लाख ३ हजार ७ सय ६० छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.