सुदूरपश्चिमका पाँच पहाडी जिल्लाको जनसंख्या घट्यो

डोटी – केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको छ ।

Karma Consultancy

भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा भएको भएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिकतथ्याङ्कअनुसार प्रदेशका सात पहाडी जिल्लामध्ये पाँच जिल्लामा वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक छ ।

citizen security services

अछाम जिल्लाको वार्षिक बृद्धिदर –१.०९ प्रतिशत छ । २०६८ को जनगणना अनुसार अछामको कूल जनसंख्या दुई लाख ५७ हजार ४७७ रहेकोमा यस वर्षको जनगणनाले जिल्लाको जनसंख्यादुई लाख २९ हजार एक सय १६ मात्रै देखाएको छ । यस हिसावले दशबर्षमाजिल्लाको जनसंख्या २७हजार ६ सय ६१ ले घटेको छ ।

attariya hospital
belauri nagarpalika

बझाङ्गको जनसंख्या बृद्धिदर पनि ऋणात्मक छ । यस जिल्लामा –०.३० प्रतिशत ऋणात्मक देखिन्छ । १० वर्षअघि जिल्लाको जनसंख्या एक लाख ९५ हजार १५९ रहेकोमा यस वर्ष घटेर एक लाख ८९ हजार ९७ रहेको छ ।

१० वर्षको यो अवधिमा डोटीको जनसंख्या पनि घटेको छ । ०६८ को जनगणनामा डोटीको जनसंख्या दुई लाख ११ हजार ७४६ रहेकामा हाल दुई लाख पाँच हजार ६८३ मात्र छ ।

तथ्याङ्कले बैतडी जिल्लाको जनसंख्या पनि घटेको देखाएको छ । बैतडीमा वार्षिक बृद्धिदर –०.२५ प्रतिशत ऋणात्मक छ । १० वर्षअघि दुई लाख ५० हजार ८९८ जनसंख्या रहेको बैतडीमा हालदुई लाख ४४ हजार चार सय मात्र कायम भएको छ ।पहाडी जिल्लाहरूको तुलनामा विकास, व्यापार र उत्पादनका हिसाबले राम्रो मानिने डडेल्धुरा जिल्लाको जनसंख्या बृद्धिदर –०.१८ प्रतशतले ऋणात्मक देखिन्छ । गत जनगणनामा एक लाख ४२ हजार ९४ रहेको मा पछिल्लो जनगणनाले एक लाख ३९ हजार चार सय २० मात्र देखाएको छ । १० वर्षमा यस जिल्लाको जनसंख्या दुई हजार ६७४ ले घटेको छ ।

अन्यदुई पहाडी जिल्लाहरू बाजुरा र दार्चुलामाभने जनसंख्याथोरै बृद्धि भएको देखिन्छ । ०६८ को जनगणना अनुसार बाजुराको जनसंख्या एक लाख ३४ हजार ९१२ रहेकोमा हाल एक लाख ३८ हजार ९९८ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.२९ प्रतिशत रहेको छ ।

यस्तै गत जनगणनामा दार्चुलामा एक लाख ३३ हजार २७४ जनसंख्या रहेकोमा हाल एक लाख ३५ हजार ५६ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.