खाेज्नुहाेस

अत्तरियामा खप्तड सायल डोटी होटल सञ्चालनमा

Image

अत्तरिया – कैलालीको अत्तरियामा खप्तड सायल डोटी होटल सञ्चालनमा आएको छ ।

गोदावरी नगरपालिका – २ सृजनानगरटोल निवासी पुर्ण बहादुर बोगटीले अत्तरिया बसपार्क नजिक होटल सञ्चालनमा ल्याएका हुन । विकसीत हुदै गएको अत्तरिया बजारको माग अनुसार आफुले होटल सञ्चालनमा ल्याएको बोगटीले बताए ।

attariya hospital

उनले होटल सञ्चालनका लागी २० लाख लगानी लागेको बताए । पर्यटकिय क्षेत्रको मेरुदण्डको रुपमा होटल रहेकाले महामारीका बिच पनि आफुले होटल सञ्चालन गरेको उनले बताए । विदेश जानेमात्र नभई स्वदेशमै केही गरी स्वरोजगार बन्न सकिन्छ भन्ने सोचका साथ यस अघि आफुले किराना पसल सुरु गरेको उनले सुनाए ।

‘रोजगारीको सिलसिलामा विदेश गएको थिए’ उनले भने ‘उताबाट आईसकेपछि अब विदेश नगई आफ्नै स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचेर एउटा किराना पसल सुरु गरे, राम्रै चलिरहेको अवस्थामा आएको कोरोना महामारीले सब चौपट बनायो ।’ उनले देशमा आएको पहिलो चरणको कोरोना भाईरसका कारण लकडाउन हुँदा किराना पसल बेच्नुपरेको बताए ।

देशमा फेरी कोरोना महामारी आईरहेको अवस्थामा लकडाउन भए ऋण निकालेर होटलमा लगाएको लगानी पनि डुब्ने डर आफुलाई रहेको उनले बताए ।

navjiwan hospital

होटलको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन । उद्घाटन पश्चात बोल्दै उनले अत्तरिया बजारमा व्यापार व्यवसायको वृद्धि हुनु खुसीको कुरा भएको बताए ।

कोरोना महामारीको लहर चलिरहेको अवस्थामा पनि पर्यटकिय क्षेत्रलाई ध्यानमा राखी होटल सञ्चालनमा ल्याएको भन्दै उनले सञ्चालक बोगटीलाई धन्यवाद ज्ञापन गरे । उनले स्थानिय सरकारको व्यवसायीलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताए ।

‘होटल व्यवसायीहरुले पनि सरकारलाई कर तिर्छन’ उनले भने ‘सरकारले उनिहरुको करको सम्मान गर्दै समस्यामा परेका बेला सहयोग गर्न सक्नुपर्छ ।’ उनले कोरोनाको महामारीका बेला पनि समस्यामा परेका व्यवसायीहरुलाई सरकारले हेर्न नसकेको गुनासो गरे ।

‘पहिलो चरणको कोरोना, दोस्रो चरणको कोरोना सकिएर तेस्रो चरणको कोरोना आईसक्यो’ उनले भने ‘सरकारले लकडाउन गर्छ, त्यसको सबैभन्दा बढी मारमा व्यापारीहरु पर्छन, तर ती व्यापारीहरुप्रति सरकारको नजर पर्न सकेको छैन ।’ उनले महामारीका बेला व्यापारीहरुलाई पनि स्थानिय सरकारबाट पाईने राहत पाईनुपर्ने बताए ।

होटल उद्घाटन कार्यक्रममा गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखाल, अत्तरिया उद्योग वाणिज्य संघका सदस्य दिलिप कुमार साउँद लगायत अन्य विभिन्न व्यवसायी एवम् स्थानियहरुको सहभागीता रहेको थियो । होटलमा खाना, नास्ता एवम् बस्नको सुविधा रहेको सञ्चालक पुर्ण बोगटीले बताए ।