खाेज्नुहाेस

दाताको सहयोगमा कञ्चनपुरमा शिवको मूर्ति निर्माण गरिदैं

Image

कञ्चनपुर – धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो। दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए। “मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग तीन लाख ९३ हजार खर्च गरेका छौँ”, अध्यक्ष ठगुन्नाले भने, “अपुग रकमका लागि दाताले सहयोगको अश्वासन दिएका छन्।”

add everest academy
attariya hospital
navjiwan hospital

गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ। “सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन” उनले भने, “स्वस्फुर्त रुपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ। त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ।”

वर्षौँदेखि धार्मिक महत्व बोकेका ओझेलमा परेका क्षेत्रहरु मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ रहेको छ। स्थानीय लालसिंह महराले भने, “यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम, कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ।”

रासस

attariya technical collage