खाेज्नुहाेस

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : सेमिफाईनल समिकरण पुरा, सुदूरपश्चिम अन्तिम चारमा

Image

धनगढी – कैलाली सदरमुकाम धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा समुह ‘बी’ अन्तर्गत विहीवार लिग चरणका सबै खेल सम्पन्न भएका हुन् ।

समुह ‘बी’ बाट विभागीय टीम समुह विजेता बन्दै सेमिफाईनल पुग्दा समुह उप–विजेता भएर घरेलु टोली सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ‘ए’ बाट समुह विजेता बन्दै प्रदेश १ र उप–विजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । विहीवार भएका खेलमा सुदूरपश्चिम र एपिएफ विजयी भएका छन् ।

attariya hospital

धनगढीको फाप्ला क्रिकेट मैदानमा विहान भएको खेलमा जित हात पार्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको छ । समुह ‘बी’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले हराएको हो । पहिलो खेलमा जितेको सुदूरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो । तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंक जोडेको सुदूरपश्चिमले सेमिफाईनलमा स्थान बनाउन सफल भएको छ । टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनायो ।

navjiwan hospital

सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाइन् । रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् भने साना प्रविन, अनुराना चौधरीले एक÷एक विकेट लिए । १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो । प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो ।

प्रदेश २ का लागि साना प्रविनले १४ र विमला मगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिए । ईश्वरी विष्टले १ विकेट लिईन् । सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भईन् । विहीवार नै भएको दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्दै समुह विजेता बनेको छ । एपिएफले गण्डकी प्रदेशलाई ११७ रनले हराएको हो ।

maya metro hospital

टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो । सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाईन् । सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाईन् । ज्योती पाण्डेयले २४ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिईन् ।

एपिएफका ३ जना खेलाडी रनआउट भए । १५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३३ रन मात्रै बनायो । २० ओभरमा ७ विकेट गुमाएर ३३ रन बनाउँदा गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त भयो । एपिएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २ विकेट लिईन् । सोनु खड्का, सुमन बिष्ट र सिता राना मगरले समान १ विकेट लिए । खेलमा एपिएफकी ममता चौधरी प्लेयर अफ म्याच भईन् । प्रतियोगिता अन्तर्गत शुक्रबार विश्राम दिईएको छ ।

Karma Consultancy

शनिबार सेमिफाईनल र आईतबार फाईनलका खेल हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह– आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वतीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।