डोटीमा बालबिकास शिक्षकहरु आन्दोलीत

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाका बालविकाश शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन ।

maya metro hospital

सरकारको आ.व. २०७७/०७८ को बजेट अनुसार स्थानीय तहले उपलब्ध गराउनुपर्ने थप तलब नगरपालिकाले वर्ष सकिन लाग्दा सम्म उपलब्ध नगराएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।

सरकारको चालु आर्थिक वर्षको बजेट बक्तव्य को बुँदा नं. २१६ अनुसार सरकारले बालबिकास शिक्षकको न्युनतम तलब १५ हजार रहने बताएको छ । जसमा संघिय सरकारको तर्फबाट ८ हजार छुट्याईएको छ भने बाँकी रकम स्थानिय सरकारले व्यहोर्ने गरी बजेट विनियोजन गरिएको छ ।

attariya hospital

तर दिपायल सिलगढी नगरपालिकाले सरकारले जारी गरेको बजेटमा ब्यबस्था अनुरुपको रकम भुक्तान गर्न नमानेकाले आन्दोलनमा उत्रिएको नेपाल शिक्षक संघ दिपायल सिलगढी नगर समितिका अध्यक्ष पुस्कर साउँदले जानकारी दिए ।

डोटीका केही स्थानीय तहहरुले सो बजेटमा भनेअनुसारको रकम उपलब्ध गराउदै आएका भएपनि दिपायल सिलगढी नगरपालिकाले भने श्रोत ब्यबस्थापन नभएको भन्दै सो तलब बराबरको रकम उपलब्ध नगराएको उनले बताए ।

सँघिय बजेट अनुरुपको तलब कार्यान्वयनमा नआए सम्म आफुहरु कुनै पनि हालतमा पछाडि नहट्ने र बिधालयका कर्मचारीमाथि हुने कुनै पनि अन्यायको डटेर सामना गर्न तत्पर रहेको उनले बताए ।

नेपाल शिक्षक संघ दि.सि.न.पा.को नेतृत्वमा बिहिबारबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने अध्यक्ष साउँदले बताए ।
आन्दोलनको पहिलो बिहिबार टाउकोमा कालोपट्टी बाधि नगरपालिकाको कार्यालयमा धर्ना दिदै शुरु भएको छ ।

शुक्रबार नगरपालिका अन्र्तगतका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने र नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.