नेकपा एसलाई प्रदेशमा १ नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन : राज्यमन्त्री चौधरी
अत्तरिया – नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम सरकारको भौतिक पुर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरीले आगामी चुनावमा प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई १ नम्बरको पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएकी छिन ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएकी हुन ।
उनले अहिले पनि नेकपा (एकीकृत समाजवादी) प्रदेशमा १ नम्बरको पार्टी भएकाले आगामी चुनाव पछि पनि (एकीकृत समाजवादी) १ नम्बरको पार्टी बन्ने बताइन् ।
‘यो देशमा सबैभन्दा बढी घमण्ड केपी ओलीमा छ । यो घमण्डलाई तोड्नको लागि हामीले सुदूरपश्चिम सरकारमा एक नम्बर पार्टी बनायौ’ उनले भनीन् ‘ एकीकृत समाजवादी पार्टी पार्टीका अबको लक्ष्य देश परिवर्तन गर्ने हो । अब हामीले यो सन्देश लिएर पार्टीका सबै कमरेडहरुले टोल बस्तीमा जानुस् । अबको चुनावमा पनि नेकपा एसलाई प्रदेशमा १ नम्बरको पार्टी बनाऔं । अब हामीलाई १ नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन ।’
उनले केपी ओलीको घमण्डले गर्दा हामीले अहिले नेकपा एकीकृत समाजवादी निर्माण गरिएको बताईन् ।