पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखी कैलालीमा हुदै

धनगढी  – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखी कैलालीमा सुरु हुँदैछ । प्रतियोगीताको अहिले बिहान ९ बजे सुदूरपश्चिमका सामाजिक विकाशमन्त्री लाल बहादुर खड्काले उद्धाटन गर्दे कार्यक्रम रहेको छ ।

maya metro hospital

प्रतियोगीताको पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुस ११ गते सम्पन्न हुनेछ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने बताईएको छ ।

attariya hospital

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार प्राप्त गर्नेछन भने प्रत्येक म्याचको ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.