सामाजसेवी गणेश र भरत जिमी साउँदको आयोजना गोदावरीमा आँखा शिविर हुने
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुर गौडीमा निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । सामाजसेवी गणेश जिमी साउँद र भरत जिमी साउँदको सयुक्त आयोजना शिविर आयोजना गर्न लागिएको हो ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा पौष ३ गते शिविर आयोजना गर्न लागिएको आयोजक गणेश जिमी साउँदले बताएका छन ।
उनले बिभिन्न सामाजिक काम गर्ने शिलशिलामा आँखाका समस्या भएका बिरामीलाई सहयोग पुगोस् भनेर शिविर आयोजना गर्न लागेको बताए । उनले आफ्नो सामाजिक उत्तरदायित्व संगै धार्मीक उद्देश्य अन्तरगत शिविर आयोजना गर्न गरेको बताए ।
शिविरमा चेकजाँच र औषधि निःशुल्क उपलब्ध गराइने साउँदले बताए । ‘अपरेशन गर्ने समस्या भएका बिरामीलाई गेटा आँखा अस्पतालमा लग्ने छौ’ उनले भने ‘अपरेशनमा पनि हामीले केही सहुलियत हुने गरी बिरामीलाई सहयोग गर्नेछौ ।’
शिविर बिहान साढे ८ बजे देखि सुरु भएर दिनभरी सञ्चालन हुने जनाइएको छ । सामाजसेवी साउँदले शिविरमा ५ सयको हाराहारीमा आँखा जचाउनेले सेवा लिने अपेक्षा लिएको बताए ।
लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजशेवी साउँदले यसअधि पनि गोदावरी क्षेत्रमा हजारै असाहय विपन्न वर्गका नागरिकलाई सहयोग गर्दै आएका छन ।
उनी विगत १८ बर्ष देखि निरन्तर विपन्न वर्गका नागरिका लागि शिक्षा, स्वास्थ्य, खाद्यान्न, लत्ताकपडा, आवास निर्माण संगै त्यस्ता नागरिकलाई नगद समेत सहयोग गर्दै आएका छन ।