बैतडीका ७५ हजार जनाले लगाए पूर्ण खोप

 

बैतडी – बैतडीमा ७५ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बैतडीमा ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

maya metro hospital

खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र ७ हजार ८२१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा ९ हजार १३६ जनाले पहिलो मात्रा र ५ हजार २१८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप पाएका छन् । सिगास गाउँपालिकामा ८ हजार ३९५ जनाले पहिलो मात्रा र ३ हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा ६ हजार १६१ जनाले पहिलो मात्रा र ८ हजार ७५३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

attariya hospital

सुर्नया गाउँपालिकामा ३ हजार ७१८ जनाले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा ५ हजार ९३७ जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ५ हजार १३६ जनाले पहिलो मात्रा र ३ हजार ७३५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.