धनगढी – कैलालीमा एक बालिका झुन्डिएको अवस्थामा फेला परेकी छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका – ३ की १५ वर्षिया लक्ष्मी धामी झुन्डिएको अवस्थामा फेला परेकी हुन ।
बिहिबार साँझ करिब साढे ५ बजेको समयमा उनि आफ्नै घरमा कोठाको ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
के कती कारणले आत्महत्या ग-यो भन्ने एकिन नभएपनि पारिवारीक स्रोतका अनुसार उनि डिप्रेशनको विरामी रहेको र औषधी सेवन गर्दै आईरहेको बुझिन आएको उनले बताए ।