करणी मुद्दाका फरार कैलालीका प्रतिवादी १६ बर्ष पछि पक्राउ
अत्तरिया – कैलालीबाट जबरजस्ती करणी मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन । २०६२ भाद्र १८ गते देखि फरार रहेका लम्कीचुहा नगरपालिका – ३ चिसापानीका ४८ बर्षिय गोविन्द खड्का पक्राउ परेका हुन ।

उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खड्कालाई सर्वोच्च अदालतले २०७६ साउन १६ गते ८ वर्ष कैद र ५० हजार पीडित पक्षलाई क्षतिपुर्ति भराउने सजाय तोकेको थियो ।

पक्राउ परेका प्रतिवादी खड्कालाई सोमबार बर्दिया जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
