पञ्चेश्वरको आयोजनामा भलिबल प्रतियोगिता हुने
बैतडी – बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ । उपाधि जित्ने टोलीले एक लाख १० हजार १०१ र कप मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक सागर भण्डारीले जानकारी दिए ।

यस्तै द्वितीय पुरस्कार ७५ हजार १०१ र कप मेडल तथा प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १०१ सहित कप, मेडल तथा प्रमाणपत्र राखिएको छ । सान्त्वना पुरस्कार ३० हजार १०१ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पञ्चेश्वर–३ को कुलाउमाविको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन नपाउने जनाइएको छ ।

पुस ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताशुल्क पाँच हजार १०० तोकिएको छ । यसैबीच गाउँपालिकाले माविस्तरीय महिला भलिबल समेत आयोजना गरेको छ । उक्त प्रतियोगिता पुस १ देखि सुरु हुनेछ ।
रासस
