दार्चुलाका ९ वटै स्थानीय तहमा माओवादीको नेतृत्व चयन

दार्चुला – दार्चुलाका ९ वटै पालिकामा नेकपा माओवादीको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सबै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

maya metro hospital

जसमा महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका गणेशसिह खत्री नगर अध्यक्षमा चुनिएका छन भने शैल्यशिखर नगरपालिका अध्यक्षमा कर्ण भण्डारी चयन भएका छन् ।

citizen security services

यस्तै व्याँस गाउँपालिकामा विपिन कुवर, दुहुँ गाउँपालिकामा मनोरथ भट्ट, मालिकार्जुन गाउँपालिकामा कल्यानसिह धामी, नौगाड गाउँपालिकामा दलजीतसिह धामी, मार्मा गाउँपालिकामा नरबहादुर विष्ट, अपिहिमाल गाउँपालिकामा कलकसिह बोहरा र लेकम गाउँपालिकामा उमाकान्त विष्ट अध्यक्षमा चयन भएका छन् ।

attariya hospital

जिल्ला संयोजक तोकिएपछि नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति गठन हुनेछ । समन्वय समितिमा ९ वटै स्थानीय तहका अध्यक्षहरु सदस्य सचिवको भूमिकामा हुनेछन् । माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते धनगढीमा हुँदैछ ।

त्यस्तै माओवादी केन्द्रको लेकम गाउँकमिटी अध्यक्षमा उमाकान्त विष्ट चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.