सुदूरपश्चिम कोरोना अपडेट : ५ संक्रमित थपिए, १ जनाको मृत्यु

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा आईतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ४१ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्टिजेन बिधिबाट १ हजार १ सय २७ नमूनाका कोरोना परिक्षण गरिएकोमा ४ जना र पीसीआर बिधिबाट १४ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

citizen security services

यो संगै हाल सम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ७२ पुगेको छ ।

attariya hospital

यसैबिच प्रदेशमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मृत्य हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका – २ का ७५ बर्षिय पुरुष रहेका छन । ति पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबिच पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.