कञ्चनपुरबाट बेवारिसे अवस्थामा रहेका १ लाख बढीका सामग्री बरामद
अत्तरिया – कञ्चनपुरबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेका एक लाख बढीका सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको बोडर आउट पोष्ट बयलबन्दा बाट खटिएको टोलीले अन्दाजी १ लाख २० हजार बराबरका वेवारिसे सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामग्रीमा प्रतिबन्धीत प्लाष्टिक र सिँसौको काठ रहेको हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

उक्त सामग्री मध्ये प्रतिबन्धीत प्लाष्टिकलाई आवश्यक कानुनी कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठलाई गौरीशंकर मध्यवर्ती सामुदायीक बनमा बुझाईएको छ ।