कञ्चनपुरमा भारतिय जिपको ठक्करबाट बृद्धको मृत्यु
कञ्चनपुर – कञ्चनपुरमा गाडीको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका –२ बाणीमा भारतीय नम्बरको गाडीको ठक्कर दिँदा ७० वर्षिय स्थानिय तारा नाथको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतिय DL1ZC 4754 नम्बरको जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप र जिप चालक सोही ठाउँका ३५ वर्षिय विरेन्द्र सिँहलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय झलारीका ईन्स्पेक्टर कर्ण बहादुर बोहराले जानकारी दिए ।
घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । अहिले राजमार्ग खोल्ने पहल भैरहेको ईस्पेक्टर बोहराले बताए ।