कांग्रेस सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान सम्पन्न
धनगढी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि शनिबार विहानदेखि भएको मतदान सकिएको छ ।

धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान भएको मतदानमा १ हजार ३ मत खसेको छ ।

कुल १ हजार २६ मतदाता रहेकोमा २३ जना भने अनपुस्थिति रहेका निर्वाचन सचिवालयले जनाएको छ । निर्वाचन सचिवालयका अनुसार आजै राती देखि मतगणना हुने छ ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ ।
सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । बलायर प्यानलबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा अम्बिका चलाउने, चिन्तामणी भट्ट र गोपालदत्त भट्टले उम्मेदवार भएका छन् ।
यस्तै मिश्र प्यानबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्टले उम्मेदवार दिएका छन ।
