सेभ हाउसलाई न्यानो कपडा सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालीका सेभ हाउसलाई न्यानो कपडा सहयोग गरिएको छ ।

maya metro hospital

रिलायन्स फाईनान्स लिमिटेड अत्तरिया शाखाले सेभ हाउसलाई न्यानो कपडा सहयोग गरेको हो । संस्थाले ११ वर्ष पुरा गरी १२ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सेभ हाउसलाई न्यानो कपडाहरु सहयोग गरेको संस्थाका अत्तरिया शाखा प्रबन्धक खेमराज पन्तले बताए ।

citizen security services

उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सेभ हाउसलाई करिब १५ हजार बराबरका म्याट्रिक्स फम र ब्लांकेट सहयोग गरेको बताए । उनले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुमा संस्था सरिक रहने प्रतिबद्धता व्यक्त गरे ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.