कांग्रेसको सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान जारी
धनगढी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । बलायर प्यानलबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का , सह–महामन्त्रीमा अम्बिका चलाउने, चिन्तामणी भट्ट र गोपालदत्त भट्टले उम्मेदवार भएका छन् ।

यस्तै मिश्र प्यानबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्टले उम्मेदवार दिएका छन ।
