६१ नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट ६१ नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सेतीमा हालसम्म कोरोना परिक्षण गरिएका नमूनाको संख्या १ लाख १८ हजार ६ सय १ पुगेको छ । जसमध्ये २१ हजार ८८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाएका छन ।

उनका अनुसार हाल सेतीमा ७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ५ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

दोश्रो लहरको कोरोना फैलिएयता सेतीमा हालसम्म १ हजार ९७ जना कोरोना उपचारका लागि भर्ना भएकोमा १ हजरा ८१ बिरामी निको भएका छन । सेतीमा हालसम्म २ सय ९ कोराना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.