एजेन्सी –बेलायतमा हालसम्म ४२ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जनाएको छ ।

उसका अनुसार पछिल्लो २४ घन्टामा ५० हजार ५८४ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन संक्रमित संख्या करिब ५४ हजार रहेको थियो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

बेलायतमा अहिले ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।















