कञ्चनपुर ट्याक्टर दुर्घटना अपडेट : घाईते मध्ये ३ जनाको मृत्यु
अत्तरिया – कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १५ जना मध्ये ३ को मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।

उनीहरु मध्ये कृष्णपुर नगरपालिका – ९ का ५५ वर्षीय रानी राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीय रतनाकुमारी रानाको मृत्यु भएको हो ।

दैजीमा जन्ती पुगाएर कृष्णपुर नगरपालिकाको रैकवारविचवा फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गम्भिर घाइते कृष्णपुर नगरपालिका – ९ का २२ बर्षिय ट्याक्टर चालक राम प्रसाद चौधरी, ५० बर्षिय भन्टना रानाको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका ९ जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
