मेरो प्रगती भएन : मेयर साउँद

अत्तरिया – ‘जो समय अनुकुल चल्छ त्यसको विकास हुन्छ । तर, जो समय संगै चल्न सक्दैन त्यसको अवस्था विस्तार विस्तारै खस्किदै जान्छ’ सहकारीमा आवद्ध सेयर सदस्यलाई व्यवसायी बन्न जोड दिदै गोदावरी नगरपालिकाका मेयर हरी सिह साउँदले भने ‘अब व्यवसायी बन्न सबै सहकारीहरुले उद्योग खोल्न तर्फ जोड दिनु पर्छ ।’

maya metro hospital

शुक्रबार अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्थाको छैठौं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै साउँदले सहकारी धेरै भएर लगानी योग्य पुजी बढेपनि त्यसबाट प्रतिफल पाउन उद्योग खोल्न आवश्यक रहेको बताए ।

citizen security services

उनले सहकारी मार्फत उद्योग खोल्न सकिए स्थानियले रोजगार पाउने र उत्पादित बस्तु पनि सहकारीका सदस्य मार्फत नै सजिलै खपत हुने बताए ।

attariya hospital

हामीले अब समय खेल नफाली काम गर्न आवश्यक रहेकोमा मेयर साउँदले जोड थियो । ‘मेरो पनि केही समय पहिले अत्तरिया क्षेत्रमा साढे तिन बिगा जग्गा थियो । मैले केही व्यवसाय गरेन । अहिले १ विगामा झरिसके । ढाइ विगा जग्गा बेचिसके’ उनले भने ‘त्यही जग्गामा मैले मिहेनत गरेको भए । म पनि अहिले व्यवसायी बन्थे । मेरो प्रगती हुन्थ्यो । तर, व्यवसाय नगर्दा मेरो प्रगती भएन ।’

उनले आफूले भाडाको जग्गामै तरकारी खेती गरेर मात्रै बिगौ जग्गा किनेको मान्छे देखेको बताए । उनले आफू संग भएको श्रोत समयमै सही परिचालन गर्न सके आर्थिक रुपमा सबल बन्न सकिने बताए ।

‘हामी मेहनत परिश्रम गर्ने हो भने हाम्रो आर्थिक अवस्था कमजोर हुँदैन । तर, नेपालीहरुको बानी के छ भने थोरै काम गरेर खाने बानी छ’ उनले भने ‘यहाँ नेता पनि त्यस्तै छौ, जनप्रतिनिधि पनि त्यस्तै छौ । सबै यसै छौ ।’

उनले विदेशमा गएर नेपालीले जसरी काम गर्छन त्यसरीनै नेपालमा पनि मिहेनत गरेर काम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.