सेतीमा जटिल कोरोना संक्रमित थपिदैं
अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा जटिल लक्षण भएका कोरोना संक्रमित बिरामीको संख्या थपिदैं गएको छ । पछिल्लो केही दिन यता अस्पतालमा भर्ना भएका बिरामीमा जटिल समस्या देखिन थालेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमित अस्पतालमा उपचारका लागि भर्ना भएकोमा सबैमा जटिल समस्या देखिएको बताए ।

उनका अनुसार शुक्रबार उचाररत रहेका ७ संक्रमित मध्ये ६ संक्रमितको आइसियु र १ संक्रमितको भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ । २४ घण्टामा २ कोरोना संक्रमित कोरोना उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

‘अहिलेनै जटिल संक्रमितको संख्या बढ्दै गएको भन्न त सकिदैन’ सूचना अधिकारी श्रेष्ठले भने ‘तर, केही दिन यता हेर्दा अस्पताल भर्ना भएका बिरामीलाई आईसियु र भेन्टिलेटर कै आवश्यकता पर्ने गरेको छ ।’
यद्दपी पछिल्लो २४ घण्टामा आइसियु मै उपचारर ३ कोरोना संक्रमित भने निको भएका छन ।
यसैबिच पछिल्लो २४ घण्टामा सेतीमा ४८ नमूनाको कोरोना परिक्षण गरिएकोमा ८ जनामा संक्रमत पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।