खाेज्नुहाेस

गेटामा गाडीको ठक्करबाट एकजनाको मृत्यु

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका – १ गेटामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत नगरपालिकाको वडा नं. १ मनहरा पुल नजिक एक जनाको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिएपछि उनलाई सेती प्रादेशीक अस्पताल लगिएको र उनको मृत्यु भईसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

युवकको पहिचान नखुलेको र गाडी तथा चालकको खोजी कार्य भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।