सीएमसी नेपालद्धारा धनगढीमा मनोसामाजिक सहयोग तालीम शुरु

धनगढी – सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि मनोसामाजिक सहयोग तालीम धनगढीमा सुरु भएको छ ।

maya metro hospital

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोग, धनगढी उपमहानगरपालिकाको समन्वयमा सीएमसी नेपालले बिहीबारदेखि १० दिने आधारभूत तालीम सुरु भएको हो । तालीममा सीएमसी नेपालले सञ्चालन गरेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहका कार्यकर्ताहरु सहभागी छन् ।

citizen security services

आइपासका प्रदेश संयोजक विष्णु नेपाललीका अनुसार बैतडीको पाटन र दशरथ नगरपालिका, बझाङको जयपृथ्वी र वित्थडचिर नगरपालिका र अछामको मंगलसेन र साँफेवगर नगरपालिकाका २६ जना सामुदायिक मनोसामाजिक कार्यकर्ताहरु तालीममा सहभागी रहेका छन । संयोजक नेपाललीले कैलाली र बाजुरा जिल्लाका सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुलाई दोस्रो चरणमा तालीम दिने बताए ।

attariya hospital

तालीम उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले गरेका थिए । सो अवसरमा उनले मानिसहरुमा सकारात्मक सोच विकास गर्नका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए । उनले मनोसामाजिक परामर्शमार्फत् लैंगिक हिंसा न्युनिकरण र समाज परिवर्तनमा सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको ठूलो भूमिका हुने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले हिंसा सामाजिक र मानसिक कारणले हुने गरेको बताउँदै त्यसलाई निराकरण गर्नका लागि मनोसामाजिक परामर्शकर्ताहरुले भूमिका खेल्नुपर्ने बताए ।

उनले आत्महत्याको घटनामा पनि मानसिक कारण हुने गरेकाले त्यस्ता समस्या पनि मनोसामाजिक परामर्शकै माध्यमबाट समाधान गर्न सकिने बताए । मनोसामाजिक र मानसिक समस्यामा मनोपरामर्श सेवा अति आवश्यक रहेको उनले जोड दिए ।

युएनएफपिएका प्रतिनिधि मदन वागचनले समेत शुभकामना मन्तव्य व्यक्त गरेको उद्घाटन सत्रको सञ्चालन सीएमसीका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज विकले गरेका थिए ।

सीएमसी नेपालले धनगढीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरेर लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण गर्न मनासोमाजिक परामर्श सेवा दिंदै आएको छ । सीएमसी नेपालका रमिता श्रेष्ठ र एभन श्रेष्ठले तालीमको सहजीकरण गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.