कांग्रेस सुदूरपश्चिम अधिवेशनः सभापतिका लागि सात आकांक्षी

 

धनगढी – आजदेखि सुरु हुन लागेको कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रदेश सभापतिमा ७ जनाले आकांक्षा देखाएका छन । प्रदेशमा सभापति बन्ने दौडमा नरनारायण शाह मनु, हिमबहादुर रावत, अर्जुनजंगबहादुर सिंह, पुष्पबहादुर शाही, गोविन्दबहादुर शाह, वीरबहादुर बलायर र भरतबहादुर खड्का गरी सात जना अघि बढेका छन् ।

maya metro hospital

यीमध्ये नारायण कैलालीका पूर्व सभापति हुन् । हिमबहादुर कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार थिए । यस्तै अर्जुनजंग बझाङका हुन् उनी पूर्व राज्यमन्त्रीसमेत हुन् ।यसैगरी पुष्प डोटीबाट राजनीतिमा सक्रिय छन् भने गोविन्द अछामबाट सक्रिय छन् । उनीसमेत पूर्व राज्यमन्त्री हुन् ।

citizen security services

यसैगरी वीरबहादुर हाल कांग्रेस केन्द्रीय सदस्य छन् भने उनी केन्द्र सरकारमा भौतिक मन्त्रीसमेत भइसकेका नेता हुन् । भरत भने डोटीबाट राजनीतिमा सक्रिय छन् ।

attariya hospital

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सातै प्रदेशमा आज प्रदेश अधिवेशनका लागि मतदाता नामावली प्रकाशित हुँदैछ ।

यस्तै भोलि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ। कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो । प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुटअनुसार नै उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.