नेपाली काङ्ग्रेस सुदुरपश्चिम सहमहामन्त्री मा नेता ओझाले उम्मेदवारी दिने
अत्तरिया – नेपाली कांग्रेस कैलालीका नेता प्रेम ओझाले सुदूरपश्चिम प्रदेशको सहमहामन्त्रीका लागी उम्मेदवारी दिने भएका छन । नेता ओझाले कांग्रेसको आसन्न १४ औ महाधिवेशनका लागी प्रदेश सहमहामन्त्री पदमा उम्मेदवारी दिने भन्दै भोट माग्दै हिडेका छन ।
२०५२ सालमा कैलाली क्षेत्र नं. ३ को ने. वि. संघ क्षेत्रीय सभापती हुदै, नेपाली काङ्ग्रेस कैलाली जिल्ला सदस्य, लगायत पार्टीका थुप्रै जिम्मेवारी निर्वाह गरिसकेका ओझाले कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाएका छ्न।
नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी बहन गरिसकेका उनी सामान्य जीवन शैली र सहयोगी भावनाका नेता मानिन्छन।
कैलाली तरुण दलको अध्यक्षको जिम्मेवारी बहन गर्ने क्रममा आफुले विभिन्न व्याक्तिहरुको नेतृत्व विकासका लागि र राजनीतिलाई समाज संग जोड्नका लागि अहम भुमिका खेलेको उनले दावी गरे ।
विधार्थी जीवन देखि निरन्तर राजनीति र समाजसेवामा खटिएका ओझाको प्रदेशभरीमै आफ्नो नेटवर्किङ छ। आफू जित्ने आत्मविश्वासका साथ ओझा सबैलाई भोट माग्दै हिडिरहेका छ्न। प्रदेशमा यहीँ मंसिर १७ र १८ गते नेपाली काङ्ग्रेसको निर्वाचन हुदैछ ।