धापासी जेसिजका पुर्ब अध्यक्ष भरत कुमार शाहीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
धनगढी – धापासी जेसिजका पुर्ब अध्यक्ष भरत कुमार शाहीले नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै शाहीले ‘सेवामूलक राजनीति मेरो प्रतिबद्धता’ भन्ने नाराका साथ केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली कांग्रेस भित्र मौलाउदै गएको सैद्धान्तिक विचलनको अन्त्य गरि हरेक कांग्रेसजनले सेवामुखी भएर जनताको बिचमा जानूपर्ने धारणा ब्यक्त गर्दै शाहीले आफू केन्द्रीय सदस्य बिजयी भए नेपाली कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।
२०५० सालमा नेबि संघ स्कुल ईकाई सभापति हुँदै जिल्ला कार्य समिति सभापति र केन्द्रीय सदस्य समेत भैईसकेका शाही २०६२ सालमा नेबि संघको नेपालगंज महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष को प्रत्यासी रहेका थिए ।
निरंकुशताका विरूद्दको आन्दोलनमा अग्रपंक्तिमा कमाण्ड गरेका शाहीले जनआन्दोलनमा घाइते समेत भएका थिए भने उनी पटक पटक गरि करिब १८ महिना जेल जीवन बिताएका थिए ।
उनले नेपाल पत्रकार महासंघ को जिल्ला अध्यक्ष, निजी क्रिकेट एकेडेमी संघ नेपालको अध्यक्षको समेत भुमिका निर्वाह गरिसकेका छन ।