दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने
दार्चुला – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने भएको छ । सुन्तलाको राम्रो उत्पादन हुँदै आएको दार्चुलाको हिमाली क्षेत्रमा कार्यक्रम लागु गर्न लागिएको हो । जसका लागि झण्डै १७ लाख रुपैँया बजेट खर्च गरिने प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजनाका कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिए ।

उनले ५० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल उत्पादन हुने भएकाले कार्यक्रम लागु गर्न लागिएको बताए ।


कार्यालयले यो आर्थिक वर्षमा सुन्तालाका विरुवा वितरणका लागि ७ हजार ४ सय ६५ वटा सुन्तालाका विरुवा माग गरेको जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको महाकाली नगरपालिकाको वडा नम्बर १,३ र ६ नम्बर वडाहरुमा सुन्तुला जोन कार्यक्रम लागु भएको छ ।
यस्तै जिल्लाको दुहुँ गाउँपालिकाको वडा नम्बर १ ,३ र ४ नम्बर मालिकार्जुन गाउँपालिकाकाको वडा नम्बर ४ ,५ र ८ नम्बर लेकम गाउँपालिकाको ४ र ५ नम्बर क्षेत्र तथा व्यासँ गाउँपालिकाको ६ नम्बर वडामा यो आर्थिक वर्षबाट सुन्तला जोन कार्यक्रम लागु भएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना दार्चुलाले जनाएको छ ।