दार्चुलाका असहाय विद्यार्थीलाई सेनाको सहयोग

दार्चुला– विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थीहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको छ । दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित जिल्लाको मुटु महेन्द्र नमूना माध्यमिक विद्यालयलाई सेनाले खेलकुद र शैक्षिक सामग्री वितरण गरेको हो ।

maya metro hospital

जिल्ला सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना असहाय छात्रहरुलाई नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ र गुरु गोरख गुल्म दार्चुलाले संयुक्त रुपमा शैक्षिक तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण–२ का गणपति रमेश गुरुङले बताए ।

citizen security services

‘सेनाले महाकाली नगरपालिका – ५ गल्फैस्थित छात्रबासमा ब्याडमिन्टन कोर्ट र टेबुल टेनिस बोर्ड निर्माण गरेका छौं,’ गणपति गुरुङले भने, ‘यो हाम्रो तर्फबाट सानो सहयोग हो ।’

attariya hospital

सेनाको गुरु गोरख गुल्म दार्चुलाले टेबुल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४/१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरिएको गुल्मपति ठकुल्लाले जानकारी दिए ।

यस्तै गुल्मपति ठकुल्लाले व्यक्तिगत रुपमा १५ जना असहाय छात्रहरुलाई ट्रय्कसुट सहयोग प्रदान गरे । यस्तै विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन प्याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन र टेबुल टेनिस बोर्ड निर्माण गरेको गणपति गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.