चितवन – एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले पर्चा वितरण कार्य रोक्न माग गरेका छन । उनले उम्मेदवारलाई भोेट नहाल्न प्रतिनिधिहरुलाई पर्चा वितरण गरेको भन्दै उनले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई निर्वाचन रोक्न माग गरेका हुन ।

पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई पर्चा वितरण रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’
नोट : यस अघि समाचार शिर्षकमा अन्यता भएकाले सच्याइएको छ ।
















