स्याउलेमा अवरुद्ध सडक खुल्यो

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ । ट्रकले पैदल यात्रु गोदावरी नगरपालिका – ८ का १९ वर्षीय नरेश देउवालाई ठक्कर दिएपछि मृतकका आफन्तले सडक अवरुद्ध गरेका थिए ।

maya metro hospital

मृतकका आफन्त र प्रशासन बिच नियमानुसार क्षतिपुर्ती दिने सहमति पछि सडकको अवरोध हटेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले बताएका छन । उनले इलाका प्रहरी कार्यालय मालाखेती मै दुवै पक्ष बिच सहमति भएपछि सडकको अवरोध हटेको बताए ।

citizen security services

सडक अवरोध गरेका स्थानियले भने सडक किनारामा हिडिरहेका देउवालाई ट्रकले ठक्कर दिएकाले अन्य पैदल यात्रीलाई पनि सचेत रहन भन्दै बन्दको कार्यक्रम गरेको जनाएका थिए ।

attariya hospital

भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले देउवालाई सोमबार बिहान साढे ३ बजेको समयमा ठक्कर दिएको थियो ।

देउवाको मृत्यु पछि मृतकका आफन्तले पुर्वपश्चिम राजमार्गमा टायर बालेर सोमबार बिहानै देखि सडक अवरुद्ध गरेका थिए । मृतकका आफन्तले ट्रक चालकलाई कारवाही र क्षतिपुर्तिको माग गरेका थिए ।

ट्रकको ठक्करबाट देउवाको घटनास्थलमै मृत्यु भएको थियो । डिएसपी पोखरेलले ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएका छन ।

यसैबिच पुर्वपश्चिम राजमार्ग अन्तरगत सुख्खडमा अवरुद्ध सडक पनि सुचारु भएको छ । ट्रककै ठक्करबाट शनिबार घोडाघोडी नगरपालिका ५ डोकेबजारमा मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि सुख्खडमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.