बैतडीमा मतदाता नामावली संकलन गरिने 

 

बैतडी – आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा  पनि फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो ।

maya metro hospital

मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए । दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहनेछ ।

citizen security services

पहिलो चरणमा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म जिल्लाको डिलाशैनी, सिगास, पञ्चेश्वर गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सञ्चालन हुनेछ । दोस्रो चरणमा मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

attariya hospital

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहनेव्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइनेछन् ।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्नेछ ।

बैतडीमा हालसम्म १ लाख ४५ हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.