नेपाल–भारत समन्वय समितिको बैठक पिथौरागढमा सम्पन्न

दार्चुला – नेपाल–भारत समन्वय समितिको बैठक पिथौरागढमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका स्थानीय अधिकारीहहरू सीमा क्षेत्रमा भएका समस्या सामाधान गर्न सहमति भएको छ ।

maya metro hospital

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागू औषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसँग जोडिएका घाटहरू व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको बैठकमा सहभागि जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए ।

citizen security services

यस्तै, दुई देशका नागरिक एक अर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने, सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्वभारतीय सैनिकलाई बैंकबाट प्राप्त हुने निरवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने लगायतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

attariya hospital

बैठकमा पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहान, नेपालबाट बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, लगगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.