स्याउलेमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि पुर्वपश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउनलेमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन । स्थानियले सडकमा टायर बालेर राजमार्गमा अवरोध गरेका छन ।

maya metro hospital

मृतकका आफन्तले ट्रक चालकलाई कारवाही र क्षतिपुर्तिको माग गरेका छन ।

citizen security services

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले अहिले सडक खुलाउने विषयमा मृतकका आफन्त संग छलफल भइरहेको बताए ।

attariya hospital

सोमबार बिहान भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले पैदल यात्रु गोदावरी नगरपालिका – ८ का १९ वर्षीय नरेश देउवालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट देउवाको घटनास्थलमै मृत्यु भएको थियो ।

देउवालाई ट्रकले बिहान साढे ३ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

डिएसपी पोखरेलले ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएका छन ।

अपडेट समाचार : स्याउलेमा अवरुद्ध सडक खुल्यो

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.