९ जनाले कोरोना जिते
अत्तरिया – सुदूरपश्चिम प्रदेशका ९ जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा प्रदेशभरीबाट ९ जनाले कोरोना जितेका हुन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमित थपिएका छन । एन्टिजेन बिधिबाट ४ सय ५६ कोरोना परिक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएन भने पीसीआर बिधिबाट ९ जनाको कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ कोरोना संक्रमित कञ्चनपुरका हुन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कसैले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् । हाल प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय ९ रहेको छ ।
हाल प्रदेशका बिभिन्न अस्पतालमा ७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जना सेती प्रादेशिक अस्पताल र ३ जना महाकाली अस्पतालमा उपचाररत रहेका छन ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा भारतीय सीमानाकाबाट ५ सय ८२ जना नेपाल भित्रिएका छन । उनीहरु मध्ये ४ सय ३२ जनाको एन्टीजेन विधिबाट कोरोना जाँच गर्दा कसैमा पनि संक्रमण नभेटिएको निर्देशनालयले जनाएको छ ।