कैलालीमा स्थानियद्धारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
धनगढी – कैलालीमा स्थानियले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन ।

शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि स्थानियले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

फरार रहेका ट्रक चालकको पहिचान हुन नसकेको र उनको खोजी कार्य जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
