शुक्लाफाँटा, कृष्णपुर र भीमदत्तमा माओवादीको नगर सम्मेलन

कञ्चनपुर – नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन भएको छ। शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन भएको हो।

maya metro hospital

माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। सहमतिकै आधारमा पार्टीको नयाँ नगर नेतृत्व चयन हुने उनले बताए। नगर सम्मेलन सुरु भएका सबै नगरपालिकामा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको नेता भट्टको भनाइ छ। बाँकी नगरपालिका र गाउँपालिकामा केही दिनमा सम्मेलन सुरु हुने बताइएको छ।

citizen security services

तीनवटै नगर सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश प्रमुख खगराज भट्ट, सचिव देवीलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्रप्रसाद भट्ट र ओमबिक्रम भाट सहभागी थिए। हालसम्म जिल्लामा नौ स्थानीय तहका ९२ वडा सम्मेलन सम्पन्न भइसकेका छन्।

attariya hospital

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.